डा. सूरज निरौला
डा. सूरज निरौला
आईतवार , १९ बैशाख , २०७८

घर ?

कस्को घर छ र यहाँ ?

भाडा मै त छन् सब् ।

फरक यत्ति हो, 

कोही चाडै छोड्दैछन् त कोही ढिलो ।

हे मित्र ,

दीन, दुःखी, असाहाय र विरामीको 

मनमा सजिएको तिम्रो घर 

अनि, हरेक मानिसको दिलमा 

बनाउन सकेको घरको आनन्द 

ती कंक्रिटका महलमा कहाँ पाउछौ र रु

तिमीलाई थाहा छ ?

पीपलको वृक्ष मुनीको छहारी हो घर,

आमाको न्यानो काखको सहारा हो घर,

दुःख बिसाएर शान्ति लिने टहरा हो घर ।

अझ ,

एक एक गरि चुच्चोले बटुलेर

रुखको हाँगामा बनाइएको

परालका त्यान्द्रा र सिन्कोका

गुजुल्टो हो घर ।

अनि,

वरपरका जुठो खाना खाएर 

भरिएको आमाको स्तन चुस्न

पर्खिरहेका ती छाउराहरुको

भोक मेटाउने खोर हो घर ।

रत्न जडित सङ्गमर्मरका महल भित्र

घृणा र द्वन्द्वको हुन्डर पर्छ भने,

ईर्ष्या र षडयन्त्रको भुमरी चल्छ भने

त्यो जाबो महल ढल्न कति बेर लाग्छ र ,

घर एक पवित्र स्थल, त्यहाँ

विचारहरुका मन्द पवनले 

जीवनमा सुभाष ल्याउँछ,

अभावका तापहरुले छहारी पाउँछ,

पारिवारिक प्रेम र सदभावले सधैं भजन गाउँछ ।

आमा बुवाको आशिर्वादले भरिपूर्ण रहन्छ ।

बाल्यकालको सम्झनाले ओतप्रोत हुन्छ ।

स्वर्णिम भविष्यको कल्पनामा मनै रमाउँछ ।

घर जहाँ

इच्छा र चाहना लुकामारी खेल्दै

दिनभरि लडेर थाकेको स्थूल

शरीरले विश्राम पाउँछ ।

अनि,

सपना सगँ रमाउदा रमाउदै

त्यहाँ मीठो निद्रा आउँछ ।

त्यो हो घर,

त्यो हो मेरो घर । 

कवि: वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत ।


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal