यौंनका लागि उचित समय राति कि बिहान ? कारणसहित


नेपालन्युज
मंगलवार , ०४ जेष्ठ , २०७८

आफ्नो पार्टनरसँग यौंन सम्पर्क गर्न उचित समय कुन हो ? रातिको समयमा सम्पर्क गर्द उचित हुन्छ वा विहानको समयमा ? एक अध्ययनले अहिले रातिको समयभन्दा विहानको समयमा उचित हुने देखाएको छ । विहानीको समयमा यौन सम्पर्क गर्नाले मुटु स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउँछ । 

आयुर्वेदका अनुसार सेक्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने सेक्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् । तर, मर्निंग सेक्सको फाइदाबारे जानेर तपाईंपनि बिहानको समय नै सेक्स गर्न रुचाउनुहुन्छ होला ।

थकान पश्चात राति सुत्ने  

दिनभरीको थकान र कामको तनाबले राति चाँडै सुत्नुपर्ने अवस्था हुन्छ । दिउँसोभरीको कामको चापले पनि राति यौन सम्पकएको बारेमा सोच्नु समस्या नै हुन्छ । त्यसैले रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा लिबिडोका लागि निकै आवश्यक हुन्छ ।

पार्टनरसँग बढ्छ निकटता 

युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार सेक्सको क्रममा अक्सिटसिन हार्मोन निस्कन्छ । अक्सिटसिन पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ । 

बिहान पुरुष हुन्छन् बढि उत्तेजित

पुरुष रातभर आरामपछि बिहान बढि उत्तेजित हुने गर्छन् । बिहानको समय उनको टेस्टोस्टेरोनको मात्रा उच्च हुन्छ । यस्तोमा मर्निंग सेक्स उनका लागि बढि आनन्ददायी हुने गर्छ । 

बिहानको एक्सर्साइजलाई गरौं बाईबाई 

एक्सर्साइज गर्नमा यदि तपाईंलाई अल्छी लाग्छ भने मर्निंग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सकिन्छ । रिपोर्ट्सका अनुसार सेक्स गर्दा एक घन्टामा ३०० क्यालोरि बर्न हुन्छ । 

बेस्ट समय 

अध्ययनमा सहभागि मानिसहरुले सेक्सका लागि बेस्ट समय बिहान साढे ७ लाई बताएका छन् । उनीहरुका अनुसार बिहान सेक्स गर्नाले उनको स्ट्रेस कम हुने र दिनभर मूड पनि राम्रो हुने गर्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal