हप्तामा कति पटक गर्ने यौंन सम्पर्क ?


नेपालन्युज
मंगलवार , ०४ जेष्ठ , २०७८

यौन सम्पर्क शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै लाभदायिक मानिन्छ । नियमित रुपमा यौन सम्पर्क गर्नाले विभिन्न रोगबाट पनि बच्न सहयोग गर्छ भन्छ, अध्ययन । 

अध्ययनका अनुसार नियमित यौन सम्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै यौन सम्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ । 

आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ । २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले २००० भन्दा २००४ को तुलनामा ९ गुण से कम सेक्स गरेका छन् । 

यौन सम्पर्कको कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे । तीनमा प्रत्येक वर्ष १६ पटक सम्म कम हुँदै गयो । कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको भएको अध्ययनहरु देखाउँछन् । 

साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो । त्यसो भए यसका लागि औषत समय कुन हो ? यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाचिरहेका छौं जहा यौन सम्पर्क हुँदैन । किनकी औसतन एक एडल्ट सालमा ५४ पटक सम्म यौन सम्पर्कको आनन्द लिन्छन् । यसको मतलव हो की हप्तामा एक पटक भन्दा केही बढि । त्यहि एक साथ रहने विवाहित जोडि सालमा ५१ पटक सम्म यौन सम्पर्क गर्ने गर्छन् । यौन सम्पर्क कति पटक गरिदैछ, यसले त्यो बेला सम्म फरक पर्दैन जब सम्म तपाईं र तपाईंको पार्टनर यसले सन्तुष्ट हुन्छन् । अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौन सम्पर्क गरेर खुशी रहन सकिन्छ । एक्सपेरिमेन्ट गरिरहनु पर्छ उसो त हफ्तामा कतिपटक यौन सम्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ भने हफ्तामा एक पटक भन्दा धेरै सेक्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एक पटकको यौन सम्पर्कले दिन्छ । यदि तपाईं धेरैपटक यौन सम्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal