कविताः पूर्णिमा


नेपालन्युज
आईतवार , ०३ श्रावण , २०७८

पूर्णिमाको उज्यालो रातमा

तप तप शीतका आँसु झार्दै,

चाँदनी धपक्क बली रही

उसको निर्वस्त्र काया देखेर

म आफै रिसले जली रहें

उनी भन्दिहुन् मलाई

सधैं लुकी लुकी के हेर्छौ

खोजी खोजी मेरा दाग केलाई ?

लु हेर,

आज म स्वयं प्रदर्शनी गर्छु

अपनाएर आफ़्ना कमीलाई।।।

भन्दि हुन् उनी, हेर पापी !

मेरा यी दागहरु

तैले नै दिएको होस्

निचरी, निमोठी मेरा 

कलकलाउॅंदा भावनाहरुसित

तैले नै खेलबाड गरेको होस्।

मेरा मनका खाडलहरु,

तेरा अतृप्त मागहरु जस्तै छन्

जो कहिले पुरिने छैन

कहिले भरिने छैन्।।।

अब सराप दिन्छु म तॅंलाई,

जब जब टाउको ऊचाली

आकाशमा हेर्ने छस् मलाई,

तब तब देख्नेछस्

आफ्नै कुकृत्यलाई !!

म त चार दिनकी चाँदनी,

तँ नै होस अंध्यारो रात,

वाक्क भई थाकी सके

 देखेर तेरो बदनियत,

र , भोगेर तेरो घात !

-कविता खड्का बिष्ट 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal