कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित


नेपालन्युज
शुक्रबार , १५ श्रावण , २०७८

बेलायतमा लामो समयदेखि बस्दै आएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित भएकी छिन् ।  बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गरेका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गरेका हुन् ।

‘हिम्मत’ म्युजिक भिडियो, ‘बेलायतमा कवि र कविताहरू’, ‘प्रवासका अक्षरहरू’ जस्ता आधा दर्जन साहित्यिक सङ्ग्रह निकाली सक्नुभएकी केसीका थुप्रै कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

बेलायत तथा विश्वका अन्य देशमा नेपाली साहित्यका लागि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध केसी बेलायतवासी नेपालीबीच सुपरिचित  छन् । यसअघि उक्त पुरस्कारबाट बेलायतमा बस्दै आउनुभएका साहित्यकार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाईँ, दुर्गा पोखरेल, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसकेका  छन् । अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लारा, सल्लाहकार सुमल गुरुङ र साहित्यकार रुपक श्रेष्ठ गरी तीन सदस्य रहेको पुरस्कार छनोट समितिले यस वर्षका लागि केसीलाई छनोट गरेको हो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal