सन्दर्भ : बुवाको मुख हेर्ने दिन


नेपालन्युज
मंगलवार , २२ भाद्र , २०७८

हजुरलाई बुवाको मुख हेर्ने दिनको मिठास मिठाईमय शब्दपुष्पाञ्जली बुवा !

हजुर बस्ने त्यो जूनताराको देशमा हजुरलाई अश्रुधाराले भावना पोखिरहेछु बुवा !

मेरा सँघर्षका दिनहरूमा काँध थापेर मलाई बलियो सहारा दिने मेरो बुवा !

मेरा नयनबाट झरेका आँसुहरूलाई हत्केलामा थापेर मलाई एक्लो महसुस हुन नदिने मेरो बुवा !

मेरा असह्य वेदनाहरूमा थपथपाई मलम लगाइ जीवनका तरेलीहरूलाई सहजै पार लगाउन सिकाउने मेरो बुवा !

साहस,धैर्य र लक्ष्यलाई डगमगाउन नदिइ सफलतालाई चुम्न सिकाउने मेरो बुवा !

म जहाँ छु जे छु सबै हजुरकै प्रेरणा,हौसला र मार्ग दर्शनकै फलस्वरूप यो संसारमा खड़ा भइरहेकी छु ।

अझै पनि लाग्छ हजुर यही हुनुहुन्छ हामी माँझ नै हामीलाई मार्ग दर्शन गर्दै र होसियारी गराउँदै । एक दिन अवश्य सत्यको जीत हुन्छ नै केवल ! ढिलो र चाडो मात्र न हो उमा  तिमी स्वचित्तले अगाडि बढ्दै जाऊँ ।

मेरा कानहरूमा लाग्छ अझै पनि तिनै मीठा वाणीहरू गुन्जायमान भइरहेछन् ।।। तर कसरी र बुवा ?

म झस्किदैं प्रश्न गर्छु यो पापी संसार किन कहिल्यै बद्लिदैन ।। ? सत्य र असत्यलाई छुटाउन सक्दैन ।। ? जहिल्यै सोझा र निमुखा नै पिल्सीरहेका हुन्छन आखीर किन र कहिल्यै सम्मन ।। ? 

तर ।। आँसुका थोपासँगै मेरा मनसंवेगहरू हावासँगै विलिन हुन्छन किनकी म त, आफै।। आफैंसँग पो एक्लै वरवराइरहेकी रहेछु ।।

बुवाको छायाँलाई साक्षी राखेर ।।।।

-उमा गुरुङ


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal