चिनियाँ श्रीमतीलाई विचल्ली बनाएर वेपत्ता भए विनोद


व्यापारको सिलसिलामा नेपाल आएकी चिनियाँ युवतीलाई माया जालमा परी विवाह गरेर ३१ वर्षीय विनोद पाण्डे वेपत्ता भएका छन् । चिनियाँ श्रीमतीलाई विचल्लीमा पारेर उनी गत अक्टुवर ३१ देखि वेपत्ता भएको भन्दै श्रीमती २७ वर्षीया ज्याङ खोजीमा जुटेकी छिन् । 

भेडाबारी नगरपालिका– ११ नवलपरासी घर भएका विनोद पाण्डेले यि महिलालाई ३ वर्षसम्म माया जालमा पारेर गत मे महिनामा विवाह गरेका थिए । मलाई चितवनको हरिहर मन्दिरमा विवाह गरेर श्रीमती बनायो तर पछि केही सम्पति समेत लिएर विचल्ली बनायो उनले नेपालन्युजसँग भनिन् । उनी व्यापारसँगै विनोदलाई भेट्न मात्र १४ पटक नेपाल आएको र विनोदले लाखौ रकम खर्च गराएको बताइन । 

श्रीमानको खोजी गरिदिन भन्दै उनले कालिमाटी प्रहरी उजुरी दिएकी छिन् । तर लामो समय भएपनि प्रहरीले सहयोग नगरेको उनको आरोप छ । श्रीमानको घरबाट समेत आफुलाई वेवास्ता गरेको र भन्दै न्याय दिलाई दिन प्रहरी र सम्बन्धित पक्षसँग उनले माग गर्दे आएकी छिन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes