नेपाल पत्रकार महासंघले महिला पत्रकारका लागि लक्षित गरी आवास गृह सञ्चालनमा ल्याएको छ । नेपाल पत्रकार महासंघको कार्यालय परिषरमा रहेको भवनमा उक्त आवास गृहको मंगलबार उद्घाटन गरिएको हो ।
आवास गृहको उद्घाटन नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले गरेकी छन् । गृहमा एउटा मातृत्व कक्ष सहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको छ ।