मूल पहिचान माग्दै 'खम्पा' समुदाय


'खम्पा' शव्द सुन्ने वित्तिकै विद्रोही समुदाय भनेर बुझ्ने गर्छन्, तर खम्पा भनिदै/लेखिदैमा सबै विद्रोही हुन्छ भन्ने हुँदैन। कर्णालीको दैलेख, कालिकोट, सुर्खेत क्षेत्रमा रहेका करिब ३ हजार ५ सय बढी खम्पा समुदायलाई राज्यले नहेरेको भन्दै पहिचानको खोजीमा जुटेका छन्। 

उनीहरुको पीडा बेग्लै छ। खम्पा एउटै समुदाय हो, तर राज्यको कम्जोरीले गर्दा विभिन्न जाति मा छरपस्ट नाम लेखाइ दिएका छन् । सालिन स्वभावका यि खम्पाहरु राज्यले खम्पा भएकै कारण अन्य जाति को पहिचान हुने गरी नारिकता दिएको उनीहरुको आरोप छ । पहिचानको खोजीमा जुटेका छौ, खम्पा समाजका अगुवा कृष्ण रोकायले भने ,। रोकाय भन्छन्, हामी एउटै समुदाय हौ तर राज्यले खम्पा भएकै कारण गुरुङ, लामा, विष्ट, रोकाय, थापा, महतरा, बुढा जस्ता जातिमा विभाजित गर्यो । 

बुद्धधर्मलम्वी खम्पाहरु अधिकांस तिव्वतीयन मुलका हुन् । शेर्पा, भोटे जातिसँग दुरुस्त मिल्ने खम्पा त्यो विद्रोहसँग जोडिएपछि राज्यलेनै छिन्नभिन्न बनाएको भन्दै एकताबद्ध भएर पहिचान खोज्न थालेका छन् । गुरुङ, लामा, विष्ट, रोकाय, थापा, महतरा, बुढा जातिबाट नेपाली नागरिकता लिएका उनीहरु खम्पा समाजनै गठन गरी परम्परागत संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गरी एकावद्ध हुन थालेका छन् । पुरानै शैलीमा फर्कन थालेका खम्पाहरु हिजोआज आफ्नो जाति य पहिचान खम्पाबाटै हुनु पर्ने समेत माग राख्दै आदिबासी जनजाति उत्थान राषि्ट्रय प्रतिष्ठानमा सूचिकृत गर्नु पर्ने माग सरकारसँग राख्दै आएका छन् । 

सन् १९७४ ताका चीनसँग सिमा जोडिएको नेपाली भूमि मनाङ,मुस्ताङ आसपासमा खम्पाहरुले चीनियाँ सैनिक विरुद्ध गुरिल्ला युद्ध लडेका थिए । यो घटनाले चीन अझै पनि खम्पा विद्रोहलाई मुल मुद्दाको रुपमा लिने गरेको पाइन्छ । कर्णालीमा बसोवास गर्ने खम्पा जातिको छुट्टै पहिचान छ । खम्पाका अगुवा नुर्वु गुरुङ भन्छन, हामी विद्रोह गर्ने खम्पा होइनम् हामी पुर्वेली खम्पा हौ । नुर्वु भन्छन्, त्यो समय विद्रोह गर्ने पशि्चमेली खम्पाहरु भएको अग्रजहरुले बताएका थिए । 

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ सूचिकरण गर्ने आश्वसन दियो पछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छदा खम्पाको समस्या सुनाउदा तत्काल सूचिकरण गरी एकावद्ध गर्ने भनेको तर आजसम्म खम्पाहरु छरपष्ट हुनु परेको खम्पा समाज अर्का अगुवा कमल गुरुङले बताए । फरक फरक जाति भए पनि भाषा खम्पानै बोल्ने गर्छ, खम्पा भित्र विहेवारी देखि सबै सम्बन्ध हुने गरेको उनी बताउछन् । जुम्लाको मान्दारा, मुगुको डाँडाखेत हुदै खम्पा सुर्खेत झरेको कमलले बताए । 

पहिचान गुमाएर खम्पाहरुले भोटे भन्दा फरक जाति जस्तै नाक छेडेर फूली लगाउने गर्छन तर यो प्रचलन आफ्नो नभएको भन्दै नयाँ पुस्ता देखि नाक छेड्न छाडेको उनले बताए । अहिले सुर्खेत र अन्य क्षेत्रमा गुम्वा निर्माण गरी पुरानै शैलीमा एकावद्ध हुन शुरु गरेका छन् । अन्य २०२७ मा नागरिकता दिदाँ जात र नाम परिवर्तन गरिदिएको खम्पा समुदायको आरोप छ । 

सरकारले आदिबासी जनजाति भनेर ५९ वटा जातिलाई सूचिकृत गरेको छ । यि मध्ये तीन जातिको असि्तत्व नभेटिए पछि हाल ५६ जाति मात्र कायम भएका छन् । छुट भएको भन्दै २५ वटा जातिले सूचिकरणको माग गर्दै आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा निवेदन दिएका छन् । यसरी पहुँचकै भरमा एकै समुदाय चार वटा जाति भएर दर्ता भएको पाइन्छ तर खम्पा जाति छुटे पनि सूचिकरण गरी पहिचानलाई कायम गर्न राज्यले सहयोग नगरेको उनीहरुको दुखेसो छ । वनमै रमाउने आदिबासी राउटे लाई सरकारले शाही ठकुरी भन्ने गरे पछि जनजाति नभएर उच्च जातिको सूचिमा परेको छ । यस्तै खम्पा पनि अन्य जातिबाट नागरिकता पाए पछि पहिचान गुमेको उनीहरु दावी गर्छन ।  

तिव्वत भारतसँग व्यपार गर्ने क्रममा दुवै देशको भाषा बोल्ने र दोभाषेको काम समेत खम्पाले गर्ने गरेको इतिहास छ । भेडा, घोडा, खच्चर हुदै पछिल्लो समय नयाँ व्यपार गर्ने क्रममा खम्पाहरु नेपालबाट तिव्वतर भारत गर्ने गरेको पाइन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes