सुरक्षा परिषद् बैठक सकियो, विप्लब समूहको प्रतिबन्ध फुकुवाबारे छलफल


राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । बिहान ९ बजेदेखि बसेको बैठक केहीबेर अघि मात्रै सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको हो । बैठकमा नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाईएको प्रतिवन्ध फुकुवा गर्न हुने नहुने, चुनाबी सुरक्षा लगायतमा छलफल भएको परिषद् सचिवालय स्रोतले नेपालन्युजलाई बतायो । त्यस्तै बैठकमा मुलुकको पछिल्लो अबस्थामा बाह्य हस्तक्षेप हुन सक्ने परिसि्थती लगायतमा पनि छलफल भएको बुझिएको छ । भूमिगत शैलीमा गतिविधि गर्दै आएको विप्लव समूहलाई मुलधारमा लाउन वार्ता हुने हल्ला चलिरहँदा समूहमाथि लगाएको प्रतिबन्ध फुकुवाको समेत चर्चा चलिरहेको छ । समूह समेत पछिल्लो अबस्थमा मुलधारमा आउन अन्य राजनीतिक दलसँग रणनीतिक एकता गरिसकेको अबस्था छ भने समूहले प्रतिवन्ध फुकुवालाई वार्ताको पहिलो एजेण्डा र सर्त बनाएको पाईएको छ । सम्भवत परिषद्को बैठकको सिफारिसमा आजै बसिरहेको मनि्त्रपरिषद बैठकले समूह माथि लागेको प्रतिवन्ध फुकुवा हुन सक्ने आँकलन गरिएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes