सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्याएका छन् । प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।
ती चारै जनालाई छट्पटाइरहेका चारै जनालाई प्रदेश प्रमुखले हेर्ने बित्तिकै आफ्नो गाडी रोकी घाइतेहरुलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरसि्थत अस्पतालमा पठाएका छन् । डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उनीनिकट स्रोतले जनाएका छन् ।
प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने बताए प्रतिकि्रया दिएका छन् ।