चैनपुर बजारमा रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगोलागि भएको छ । ट्याङकरबाट पेट्रोल अनलोड गर्ने क्रममा एक्कासी आगोलागि भएको पम्पले जनाएको छ ।
पम्पले सुरक्षित उपाय नअपनाएका कारण आगोलागि भएको प्रहरीले जनाएको छ । पेट्रोपपम्पले मापदण्ड पुरा नभएको पाइएको छ । नेपाल आयल निगमले जथाभावि रुपमा पम्प खोल्नका लागि स्वीकृति दिएका कारण पेट्रोलपम्प हिजोआज वम भन्दा खतरा हुने गरेको भन्दै यस्ता मापदण्ड विपरीतका पम्पहरु सरकारले अनुगमन गरी दर्ता खारेज गर्नु पर्ने माग स्थानीयबासीको छ ।
आगोलागिबाट पम्प र छिमेकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । अति प्रज्वलनशिल पेट्रोल प्रति सचेत नभएको भन्दै प्रहरीले पम्पहरुलाई सेचत र सावधानि अपनाउन आग्रह गरेको छ ।