आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका ३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गनपतले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।