१२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका ४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।