प्रसिद्ध बिस्का जात्राको रथ शनिबार दिउँसो तान्ने, यस्तो छ समय तालिका


भक्तपुरको प्रसिद्ध बिस्का जात्राको रथ शनिबार तान्ने भएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहिबार बसेको बैठकले बिस्का जात्राको रथ शनिबार दिउँसो दुई बजेदेखि तान्‍न सुरु गर्ने निर्णय गरेको हो । 

बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरलगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको सहभागिता थियो । 

उक्त बैठकले रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका)सम्म र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्‍न अनुरोध गरेको छ । त्यस्तै रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गर्ने समेत निर्णय गरेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes