राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई


राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेका न्युयेन सुआन फुकलाई बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीले उनलाई आज बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उनीप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताएका हुन् । सन्देशमा राष्ट्रपतिले उनको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उनले गरेको योगदानको सम्मान हो भनेका छन् । 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बहाल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा भएको आफ्नो भियतनाम भ्रमणको स्मरण गर्दै दुई देशबीच विद्यमान सांस्कृतिक सामिप्यता र मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री चिनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes