विवाह गर्न जन्मदर्ता वा नागरिकता अनिवार्य !


देशभरी बालविवाहका घटना बढ्न थालेपछि रुकुम पश्चिममा यसको रोकथामका लागि पुरोहितहरुका लागि नयाँ र अनिवार्य पालना गर्नुपर्ने नियम लागु भएको छ । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा ल्याउनुपर्ने नियम बनाइएको हो । अब उनीहरूले विवाह गर्न आउनेहरुको जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन् ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकता अनिवार्य गर्ने निर्णय गरेका हुन् ।

कार्यक्रममा व्यानर लेख्ने, विवाहको कार्ड छाप्नेहरूका लागि पनि नियम बनाइएको छ । उनीहरूले पनि विवाह गर्ने केटा र केटीको जन्मदर्ताको कागज हेरेर मात्र व्यानर वा कार्ड छाप्न पाउनेछन् । प्रहरीले बढ्दो बालविवाह रोक्नका लागि विवाहका लागि मुख्य सरोकारवालालाई सचेत गराएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes