काठमाडौंमा थपियो निषेधाज्ञा, अब बेलुकी पसल पनि खोल्न नपाइने


काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

यसअघि सरकारले नै २२ गतेबाट एक साता थप निषेधाज्ञा जारी गर्ने निणृय गरेको थियो । सोही अनुसार आज प्रमुख जिल्लाअधिकारीहरुको बैठकले पनि निर्णय गरेको हो । 

आजको बैठकले बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ । बेलुका पसल खोल्न नपाईने भएको छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes