भक्तपुरमा कोठाभित्र तीन जना अचेत अबस्थामा भेट्टियो


सूर्यविनायकमा एउटै कोठामा तीन जना अचेत अबस्थामा भेट्टिएको छ । ती तीनमध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ गुडुवाल घर भई हाल सूर्यविनायक–१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes