अब काठमाडौं छाड्न यस्तो नियम पालना गर्नु पर्ने


भोलिदेखि काठमाडौं उपत्यका छाड्न नपाइने भएको छ । निषेधाज्ञाको समय थपेसँगै उपत्यकाका तीनैवटा जिल्ला प्रशासनले यस्तो नियम ल्याएका हुन् । निषेधाज्ञा उल्लंघन गर्दै उपत्यका बाहिर जान नपाइने प्रशासनले निर्णय गरेको छ। काठमाडौं उपत्यका छोड्नैपर्ने भएमा स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरेको हो। उपत्यकाबाहिर जानको लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको छ । मंगलबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes