उपचारमा सहयोग गर्दै सिरिजङ्घा गाउँपालिका


नेपालन्युज
शनिबार , २५ बैशाख , २०७८

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पर्कमा आएका व्यक्तिलाई न्युनतम ५ हजारदेखि २५ हजार रुपैँयासम्म उपलब्ध गराइएको छ । हालसम्म कोषबाट ३ लाख १४ हजार रुपैँया खर्च भइसकेको छ । 

क्यान्सर लागेका, मुटु र मिर्गौलाकोे शल्यक्रिया गर्नुपर्ने लगायतका नसर्ने रोग लागेर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका नागरिकलाई सहयोग पु¥याउन सो कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए । कोष व्यवस्थित गर्न गाउँपालिकाले नियम र मापदण्ड तयार गरेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal