कर्णालीका मुख्यमन्त्रीसँग भेटेपछि राउटेले यस्तो भने


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग राउटे समुदायका व्यक्तिहरुले भेटेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै पुगेर राउटे समुदायका व्यक्तिले शुक्रबार मुख्यमन्त्री शाहीसँग भेट गरेका हुन्।भेटका क्रममा उनीहरुले दैनिक उपभोग्य सामग्रीको अभाव भएको भन्दै सहयोगका लागि अनुरोध गरेका छन्। 

मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षणसँगै राउटे परिवारलाई खाद्यान्न लगायतको सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता जनाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उक्त भेटमा राउटे समुदायको बासस्थान, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल भएको थियो। छलफलमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी पनि सहभागी थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal