बाँयापट्टि कोल्टेर सुत्नुको यस्तो छ फाईदै फाईदा


नेपालन्युज
बिहीबार , ०३ असार , २०७८

एउटा भनाई छ ‘राती चाडै सुत्नुहोस् बिहान चाडै उठ्नुहोस्’ तर आजभोलीको व्यस्त जीवनशैलीले गर्दा हाम्रो सुत्ने र उठ्ने समय फरक छ । बिहान छिटो उठेपनि राती अबेरसम्म बस्ने गर्छौ जसका कारण डिप्रेसन,उच्च रक्तचाप, तौल बढ्नेजस्ता थुप्रै समस्या देखिन्छन् । समयमा नै सुत्ने उठ्ने मान्छेका लागि पनि सुताई नमिल्दा स्वास्थ्यमा विभिन्न असरहरू देखा पर्न सक्छन । दायाँ तर्फ कोल्टेर सुत्दा पाचन सम्बन्धि समस्या हुन्छ, बाँया तर्फ फर्केर सुत्दा पाचन समस्या आउदैन ।

गर्भअवस्थामा अधिकांश महिलाहरूलाई ढाडको समस्या हुने गर्छ । यस्तो समस्याबाट पिडपत महिलाहरूलाइ चिकित्सकहरू बाँया तर्फ फर्केर सुत्ने सल्लाह दिन्छन् । बाँयातर्फ फर्केर सुत्दा घुर्ने समस्या पनि कम हुन्छ त्यसैले धेरै घुर्ने समस्या छ भने बाँयातर्फ फर्केर सुत्नुहोस् ।

हामी दाँयातर्फ फर्केर सुत्दा हाम्रो मुटुमा सबैभन्दा बढी असर हुन्छ । बाँयातर्फ सिरानी गरेर सुत्दा मुटु सजिलै चल्छ । यसैले सुताइले पनि तपाइको स्वास्थ्यमा असर पुग्ने हुनाले एकदमै ख्याल गरेर सुत्नुहोस् । सुत्दा सकेसम्म बाँया नै फर्केर सुत्नुहोस यसले गर्दा तपाइको कतिपय स्वास्थ्य समस्या कम हुन्छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal