बलात्कारीलाई मृत्युदण्ड सजाँय दिने ५ देशहरु


नेपालन्युज
मंगलवार , २२ असार , २०७८

केही देशहरुले महिला माथि जर्वजस्तीकरणी (बलात्कार) गर्ने लाई कैद सजाँय मात्र गर्ने गरे पनि यि पाँच देशले भने मृत्युदण्डकै सजाँय दिने गरेको छ । कानुनमै उल्लेख गरेर अफ्गानिस्तान, संयुक्त अरव इमिरेट्स, इजिप्ट, इरान र साउदी अरबियाले भने दोषीलाई मृत्युदण्डकै सजाय दिने गरेको छ । 

अफगानिस्तान :

अफगानिस्तानमा बलात्कारीलाई मृत्युदण्ड दिइन्छ। अफगानिस्तान एक मुस्लिम देश हो र यस देशको कानून इस्लाम धर्म आधारित छ। यदि कसैले बलात्कार गर्छ भने उसलाई बलात्कार गरेको ४ दिनभित्र गोली प्रहार गरी मारिन्छ।  

संयुक्त अरब एमिरेट्स (युएइ) :

संयुक्त अरब एमिरेट्समा अपराधीहरूलाई विभिन्न प्रकारका सजायहरू दिइन्छ । तर मृत्युदण्डको सजाँय बलात्कार गर्नेलाई मात्र दिईन्छ।दुबईमा यदि कसैले कुनै व्यक्तिलाई यौन दुर्व्यवहार गरेमा मृत्युदण्ड दिइने गरिन्छ। यस्तो मुध्दामा कुनै क्षतिपूर्ति दिईने व्यवस्था छैन। बलात्कार गर्नेलाई दिन भित्र मारिने व्यवस्था रहेको छ।

ईजिप्ट :

बलात्कारीलाई मृत्यूदण्ड दिने कम मुलुकहरुमा ईजिप्ट पनि पर्दछ। यहाँ बलात्कारीलाई झुण्याएर मृत्यूदण्ड दिईने चलन रहेको छ। केही समय अघि ईजिप्टमा १० जना पुरुषले एउटी महिलालाई सामूहिक बलात्कार गरेका थिए। ती सबैलाई मृत्युदण्डको सजाँय सुनाईएको थियो। 

इरान :

इरानले यौन दुर्व्यवहारको सिकार भएकाहरूलाई पूर्ण न्याय प्रदान गरेको पाईन्छ। इरानमा बलात्कारका दोषीलाई कारवाही गर्ने गरिएको छ। इरानमा धेरै अपराधको लागि मृत्युदण्डको सजाय दिने गरिन्छ। ती मध्ये १० देखि १५ प्रशिशत मृत्युदण्ड बलात्कारका घटनाका दोषीहरुलाई दिने गरिन्छ। महिलाहरू कहिले काँही क्षतिपूर्ति दिएर मुद्दा मिलाउँछन्। यद्यपि बलात्कारीहरूलाई १०० कोर्रा र केही घटनामा केही समय कैदको सजाँय समेत दिने गरिएको छ। 

साउदी अरेबिया :

साउदी अरेबिया एक इस्लामिक देश हो । यसैले यसका सबै कानून र नियमहरू इस्लामको शिक्षा अनुसार सूचीबध्द छन्। साउदी अरेबियामा बलात्कारको सजाय एकदम क्रूर छ। यदि कुनै व्यक्तिले बलात्कार गरेमा उनलाई ढुङ्गाले प्रहार गरिन्छ। उ नमरेसम्म यो क्रम जारी रहने गर्दछ। यो एक प्रकारको सजाँय हो किनकि ढुँङ्गा हान्नुको अर्थ मार्नु हो।तर मृत्यु सजिलो नभएकोले चाँडो हुँदैन। अपराधीले सबै पीडा र यातना सहनु पर्छ। मर्नु अघि उसले कष्ट भोग्नु पर्दछ भन्ने मान्यता राखिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal