ललिता निवास छानविन समितिका संयोजक शारदाप्रसाद त्रितालका देउवा सरकारलाई ७ सुझाव


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसादा त्रितालले अहिलेको सरकारबाट धेरै आशा गर्ने ठाउँमा नभएको बताएका छन् । एउटै दलको झण्डै दुई तिहाइको सरकार टिक्न नसकेको अवस्थामा यो सरकारबाट धेरै आशावादी हुने ठाउँ नभएपनि राम्रो काम गरिदिए हुन्थ्यो भन्ने सबैको विश्वास रहेको उनलेब ताए । 

उनले भने, ‘एउटै दलको झण्डै दुई तिहाइको सरकारको हालत देखेका हामी नेपालीहरु धेरै आशावादी हुने ठाउँ छैन तापनि सरकारले राम्रो काम गरिदिए हुन्थ्यो भन्ने त हुन्छ नै।’

उनले डेढ वर्षपछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने भएकोले सरकारलाई काम गर्ने समय भनेको १ वर्ष मात्रै भएकोले सो समयमा काम गर्नुपर्ने बताए । प्रतिनिधिसभा भन्दा पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थामा दिल खोलेर काम गर्ने समय ६ महिना मात्रै भएको उल्लेख गर्दै उनले, सरकारले गर्ने काम सिमित भएपनि महत्वपूर्ण रहेको बताए । 

यस्ता छन् सुझाव

पहिलो त कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने कार्यमा जिम्मेवारीपूर्वक अघि बढ्नु नै हो ।

दोस्रो, देशमा शान्ति सुव्यवस्था कायम गर्ने काम हो जुन नियमित तर सधैं सम्वेदनशिल हुने गर्छ ।

तेस्रो, विपद व्यवस्थापनको क्षेत्र असाध्यै कमजोर बनाइएको छ यसमा विशेष चासो राखेर काम गरिदिए हुन्थ्यो ।

चौथो, सरकारी साधनस्रोतको असाध्यै दुरुपयोग भइरहेको छ केही हदसम्म नियन्त्रण गरिदिए हुन्थ्यो ९विगतका कार्यकालहरु मतिव्ययिता कायम गर्ने सम्बन्धमा निराशाजनक भएको अनुभव छ ० ।

चौथो, सार्वजनिक जग्गा जमिन तथा प्राकृतिक स्रोतहरुको अति नै दुरुपयोग भएको छ जसको नियन्त्रणलाई प्राथमिकतामा राखिदए हुन्थ्यो ।

पाँचौं, भ्रष्टाचार नियन्त्रणको विषय पनि महत्वपूर्ण छ तर संयुक्त सरकारको कार्यकालमा यो सम्भावना होला भन्ने आशा ।

छैटौं, प्रशासनमा सुधार गर्ने विषयमा ध्यान दिए हुन्थ्यो । सातौं, चालु विकास निर्माणका कामहरुलाई निरन्तरता दिनु नै पर्यो ।’


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal