पानी भरेको खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु, कालिका कन्ट्रक्सनमा भयो तोडफोड


नेपालन्युज
बुधबार , १३ श्रावण , २०७८

मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरमा पानी भरेको खाल्डोमा डुबेर स्थानीय १० वर्षीय बालकको ज्यान गएको छ । शान्तिपुर निवासी लोक बहादुर सारुको छोरा १० वर्षीय सागर सारुको डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो । 

आफ्नै घरबाट करिब ५ सय मिटर टाढा कालिका कन्ट्रक्सनले भाडामा लिएको जग्गामा खनेको खाल्डोमा रहेको पानीमा पौडी खेल्ने क्रममा डुबेर सागर बेहोस भएका थिए । उनको बेतिनि स्वस्थ्य चौकी फापरबारीमा उपचारको क्रममा मृत्यु भएको हो । सोही विषयलाई लिएर मृतकका आफन्तहरुले कन्ट्रक्सनको कम्पाउण्डभित्र राखिएको बा १८ च ५९३७ नम्बरको बलेरोमा आगजनी गर्दा बलेरो पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै उनीहरुले बा २ क ५८२० नम्बरको जेसिबी, ना १ क ४४५० तथा ना १ क ४५६५ नम्बरको मिक्चर ट्रक र सोही कन्ट्रक्सनको कार्यालय कक्षको झ्यालको शिशा समेत तोडफोड गरेका छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal