पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध


नेपालन्युज
सोमबार , २१ भाद्र , २०७८

अविरल वर्षाले गर्दा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेको छ । 

सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । 

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal