अर्काको जग्गा मेरो भन्दै ६८ लाखमा विक्री गरी ठगी गर्ने कटुवाल पक्राउ


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

बिक्री गरी सकेको अर्काको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका ३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका ९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कटुवाल र काठमाडौं महानगरपालिका १० बस्ने मोरङ केराबारी गाउँपालिका ६ घर भएका धिरज कुमार दाहालले पीडितसँग चिनजान गरी दाहालको नाममा रहेको मोरङ साविक केरावारी गाबिस ६ मा रहेको कित्ता नम्बर ६३८ को क्षेत्रफल ०.१.१० र कित्ता नम्बर ६४० को क्षेत्रपल ०.७.२.० को जग्गाहरु बिक्री गर्ने भन्दै जग्गाको मूल्य कायम गरी काठमाडौ सुकेधारामा बैना गरी उक्त नगद लिई जग्गाहरु पास नगरी सम्पर्क विहिन भएका प्रहरीले जनाएको छ ।

उनी सम्पर्क विहिन भएपश्चात मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको जग्गा पुनस्बिक्री गर्ने भन्दै कटुवालले ठगी गरेको खुल्न आएपश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई ठगी कसूरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाउनुका साथै फरार रहेका दाहाल समेतको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal