प्रतिवन्धित पाँच सयका भारु नोट बोक्ने शर्मा पक्राउ


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित बहुदरमाई नगरपालिका ४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्माको झोलामा उक्त भारतीय रूपैयाँ फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । 

उनलाई उक्त बरामद रकम र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal