दुई दिने सत्याग्रहका लागि अमेरिका जाँदै डा. गोविन्द केसी


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाने भएका छन्। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा उनले भाग लिने कार्यक्रम छ।

‘दुईदिने सामूहिक सत्याग्रह’ को अवधारणा लिएर डा. केसी बिहीबार न्यूयोर्क जान लागेका हुन्। उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको बताइएको छ।

प्रदर्शनीमा जलवायु परिवर्तनलगायत कोभिड खोपका विषयमा विश्वका नेताहरूको ध्यानाकर्षण गराइने सोलिडारिटी फर डा. केसी अलायन्सले जनाएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal