होण्डाले आफ्नो नयाँ मोटरसाइकल सिवी३५० नेपाली बजारमा चाँडैनै ल्याउने जनाएको छ । एक सय किलोमिटरसम्म स्पीड गुड्नसक्ने एफआइ इनि्जन भएकोे मोटरसाइकल नेपाली बजारमा उपयुक्त हुने भन्दै केही महिनामै भित्राउने तयारी गरेको जनाएको हो ।
वायूप्रदूषणको दर उच्च भएर जनजीवन दिनानु दिन कष्टकर बन्दै गएको अवस्थामा नेपाली बजारमा ७० हजारमा विद्युतीय स्कुटर पाइने भएको छ । इन्धन खपतलाई कम गरी वातावरण प्रदूषण कम गर्न डिटेल्स कम्पनीले सस्तोदरमा विद्युतीय स्कुटर नेपाल भित्राउने लागेको जनाएको छ ।
रियलमी मोवाइल ग्लोवल ५ उत्कृष्ट स्मार्टफोनको सूचिमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ५ उत्कृष्ट स्मार्टफोन २०२० को सूचिमा रियलमी पनि परेको हो ।
फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमका बीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।
सुपर सोको विद्युतीय स्कुटर नेपाली बजार उपलब्ध गराएको छ । २७८८ वाटको मोटर जडित स्कुटरमा ६० भोल्ट र ३० एम्पियरको लिथियम बेट्री जडान गरिएको कम्पनीले जनाएको छ । यो स्कुटर फुल चार्ज गर्न ३ः३० घण्टा लाग्ने छ भने एक पटक गरिएको चार्जले ८५ किलोमिटर गड्न सक्छ भने ७५ किलोमिटर प्रतिघण्टा गुड्न सक्ने क्षमता रहेको जनाएको छ ।
इप्लुटो नामको पिउर इभि ७जि विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । एक पटकको चार्ज गरेको बेट्रीले १२० किलोमिटरसम्म गुड्न सक्ने क्षमता सहित स्कुटर बजारमा ल्याएको हो ।
नेपालको सडकको अवस्था र लामो तथा छोटो दुरीमा यात्रा गर्न उपयुर्त हुने १५ सिट क्षमताको भउसिटु गाडी नेपाली बजारमा आउने भएको छ । एम ए डब्ल्यू भिद्र्दि कमर्सियल प्रालिले फोटन कम्पनीको यो गाडी नेपाल भित्राउने भएको हो ।