इप्लुटो नामको पिउर इभि ७जि विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । एक पटकको चार्ज गरेको बेट्रीले १२० किलोमिटरसम्म गुड्न सक्ने क्षमता सहित स्कुटर बजारमा ल्याएको हो ।
१।५ किलोवाटको मोटर र २।५ किलोवाटको बेट्री क्षमता रहेको स्कुटरको मुल्य २ लाख ३४ हजार रुपैयाँ रहेको छ । एक पटकको चार्जले ९० देखि १२० किलोमिटर सम्म गुड्न सक्ने क्षमता रहेको छ ।
यो मोटरसाइकलले प्रतिघण्टा ६० किलोमिटरको दरमा गुड्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । वातावरणिय प्रदुषण नियन्त्रणका लागि विद्युतीय सवारीसाधन प्रयोग गर्नुको विकल्पलाई इप्लुटोले सहयोग गर्ने कम्पनीको विस्वास छ । वायूप्रदूषणको मुख्य कारण मध्ये ३८ प्रतिशत इन्धनबाट गुड्ने सवारीसाधनकै कारण रहेको अनुसन्धनले देखाएको छ । त्यसैले इन्धनका सवारीसाधनलाई विस्तापित गरी विद्युतीय सवारीलाई प्राथमिकता दिन सरकारले राजश्वमा समेत छुट दिदै आएको छ ।
कम्पनीले २ लाख १४ हजारमा पिउर इभि नियो र १ लाख ८४ हजारमा पिउर इभि इन्ट्रान्स प्लस मोडल समेत बजारमा ल्याएको छ ।