सुपर सोको विद्युतीय स्कुटर नेपाली बजार उपलब्ध गराएको छ । २७८८ वाटको मोटर जडित स्कुटरमा ६० भोल्ट र ३० एम्पियरको लिथियम बेट्री जडान गरिएको कम्पनीले जनाएको छ । यो स्कुटर फुल चार्ज गर्न ३ः३० घण्टा लाग्ने छ भने एक पटक गरिएको चार्जले ८५ किलोमिटर गड्न सक्छ भने ७५ किलोमिटर प्रतिघण्टा गुड्न सक्ने क्षमता रहेको जनाएको छ ।
आकर्षक डिजाइन भएको स्कुटरमा ९० सेन्टीको टायर र दुवै तर्फ डिक्स ब्रेक छ । सेतो,कालो,निलो, रातो लगायत ७ रंगमा बजारमा उपलब्ध छ । नेपाली बजारमा यो स्कुटरको मुल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ ।
डि लाइफस्टाइले सुपर सोको इलेकि्ट्रक स्कुटरलाई नेपाली बजारमा ल्याएको हो । यो स्कुटर भिति्रएसँगै वायूप्रदुषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । वायूप्रदूषणमा ३८ प्रतिशत कारक सवारी प्रदूषणनै भएको अध्यय्नले देखाएको छ ।