रियलमी स्मार्टफोन ग्लोबल टप ५ मा


रियलमी मोवाइल ग्लोवल ५ उत्कृष्ट स्मार्टफोनको सूचिमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ५ उत्कृष्ट स्मार्टफोन २०२० को सूचिमा रियलमी पनि परेको हो । 

चौथों त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो । उक्त रिपोर्टले दक्षिण पशि्चम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा सतप्रतिशतले वृदि्ध भएको देखिन्छ । 

समग्र मोबाइलफोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ । रियलमी गि्रस,चेक रिपबि्लक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ । रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा यो फोनको विक्री ३३८ प्रतिशतले बढेको देखिन्छ ।

 क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपबि्लक, गि्रसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचिमा रियलमी सूचिकृत भएको छ । 

कम्पनीको बारेमा

रियलमी छोटो सयममा नवीनतम् फिचर्सहरु सहित प्रविधिको क्षेत्रमा दू्रत रुपमा उदाएको स्मार्टफोन कम्पनी हो । जसका एआइओटी उत्पादनहरु विश्वभर लोकिप्रय छन् । चुनौतीदेखि उन्नतिसम्म एजेण्डाका साथ लेटेस्ट टेक्नोलोजी र डिजाइनमा चासो राख्ने विशेष गरी युवापुस्तामा यसका उत्पादनहरु लोकपि्रय छन् ।

२०२० को चौथों त्रैमासिकमा सार्वजनिक काउन्टरपोइन्टको रिपोर्टले विश्वका मुख्य स्मार्टफोन बजारमा रियलमी उच्च रहेको देखाएको थियो । उक्त रिपोर्टअनुसार विश्वमै उत्कृष्ट सात औँ नम्बरको बजार रियलमीको थियो । २०१९ मा स्थापना भएको यो कम्पनीले २०२० को चौथोें त्रैमासिक सम्ममा ८०८ प्रतिशले बजार वृदि्ध गरि विश्वभर हालसम्म २ करोड ५० लाख बढी आफ्ना ग्राहक बनाउन सफल भएको छ । हाल रियलमीका चीन, दकि्षण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes