वायूप्रदूषणको दर उच्च भएर जनजीवन दिनानु दिन कष्टकर बन्दै गएको अवस्थामा नेपाली बजारमा ७० हजारमा विद्युतीय स्कुटर पाइने भएको छ । इन्धन खपतलाई कम गरी वातावरण प्रदूषण कम गर्न डिटेल्स कम्पनीले सस्तोदरमा विद्युतीय स्कुटर नेपाल भित्राउने लागेको जनाएको छ ।
३५० वाटको मोटर रहेको स्कुटरमा २० वाटको लिथियम बेट्री जडान गरिएको कम्पनीले जनाएको छ । प्रतिघण्टा ६० किलोमिटर गुड्न सक्ने स्कुटरले २५ किलोमिटर स्पीडमा गुड्ने छ । दुवै टायर ट्युलेस रहेकाले १५० केजी सम्म भारी बोक्न सक्ने क्षमता भएको सहित रातो, पहेलो लगायत ४ रंगमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल नेपालमा एक दर्जन बढी कम्पनीले विद्युतीय स्कुटर विक्री गर्दै आए पनि योे स्कुटर सबै भन्दा सस्तो हुने कम्पनीको दावी छ ।