फोर्डको ईकोस्पोर्ट एसई नेपाली बजारमा सार्वजनिक


फार्ड कम्पनीले नेपालका लागि फोर्डको ईकोस्पोर्ट एसई पेट्रोल सार्वजनिक गरेको छ । फोर्ड गाडीका आधिकारिक विक्रेता जिओ अटोमोवाईल्सले उत्कृष्ट डिजाईन गाडी सार्वजनिक गरेको छ । 

यो गाडीको नेपाली बजार मुल्य ४७ लाख ५० लाख रहेको छ । नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी पेट्रोल ईन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल ईनि्जन ईकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल ईनि्जनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ ।

भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईनि्डयाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलबि्धको रुपमा लिन सकिन्छ । 


ईकोस्पोर्ट विशेषता :

  1. चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग 
  2. एप्पल कारप्ले र एन्ड्रोईड अटो कम्प्याटिबिलिटीलाई सिङ्क–३ सूचना प्रविधिसँग जडान गरिएको छ जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो ।
  3. ९ ईन्चको टचस्क्रीन, ईन्फोटेन्मेन्ट प्रणाली 
  4. माथिल्लो भेरियन्टमा सनरुप समावेश गरिएको ।
  5. चालक सहायता सुविधासँग सम्वनि्धत स्वचालित एचआईडी हेडलैम्प, ईलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाईपर 

नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes