हाउजे बाइक बाइक र्‍याली हुँदै


नेपालन्युज
बिहीबार , ०५ चैत्र , २०७७

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सकने छन् । आफना ग्राहकलाइ लक्षित गरि २०० बाइक बेचेको उपलक्ष्य मा यहि चैत्र ७ गते शनिबार बिहान ९ बजे हाउजे शोरुम कमलपोखरी बाट अफ रोड र्‍याली सुरु हुनेछ ४० कि मि को र्‍याली कमलपोखरी हाउजे शोरुम बाट सुरु भै देउराली टिका भैरब हुदै पुन जवालाखेल हाउजेको आधिकारिक सर्भिस सेन्टर आएर अन्त्य हुनेछ । र्‍याली सहभागी राइडरलाइ खाजा , पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइने छ र फ़ि चेक अप साथै वासिंग पनि ग्राहकले निशुल्क पाउनेछन । कम्पनीको प्रतिनिधि पनि सहभागी हुने यस र्‍याली मा अझै ग्राहक संग को सम्बन्ध नजिक हुनुको साथै अफ रोड बाइक चलाउदा को अनुभव ,आन्तारिक पर्यटन मा बृदि हुने कुरा हाउजे बाइक का बिजनेस म्यानेजर प्रमिला खत्रीले बताइन ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal