हाउजे बाइक को अफ रोड र्याली


नेपालन्युज
सोमबार , ०९ चैत्र , २०७७

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । कोलम्बिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । 


डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सकने छन् । आफना ग्राहकलाइ लक्षित गरि २०० बाइक बेचेको उपलक्ष्य मा चैत्र ७ गते शनिबार बिहान ९ बजे हाउजे शोरुम काठमाडौं  कमलपोखरी बाट अफ रोड र्याली सुरु भइ ४० कि मि को र्याली ललितपुर को देउराली टिका भैरब हुदै पुन जवालाखेल हाउजेको आधिकारिक सर्भिससेन्टर आएर अन्त्य भएको छ ।

र्यालीमा सहभागी राइडरलाइ खाजा , पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइएको थियो  र फ़ि चेक अप साथै वासिंग पनि ग्राहकले निशुल्क गरेका छन् । यस र्यालीमा कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नका म्यानेजिंग डाइरेकटर राज कर्णिकार साथै एन के १५० का पहिलो ग्राहक चन्द्र कुमार डंगोल , महिला राइडर अन्तरास्ट्रिय जुडो खेलाडी सुमित्रा राइ लगाएत ४० जना राइडर को पनि र्यालीमा सहभागीता भएको थियो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal