सुबिसु ग्राकहलाई एक लाख स्वास्थ बीमा


नेपालन्युज
मंगलवार , ०७ बैशाख , २०७८

सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएको छ । ग्राहकहरुलाई एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा सहित अफर सार्वजनिक गरेको हो । 

अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुविसुले स्वास्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र कि्लयर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य विमा प्रदान गर्ने जनाएको छ । कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरी २० एविपिएस भन्दा माथिको वेण्डवीथमा मात्र लागु हुने समेत कम्पनीले जनाएको छ । ग्राहकहरुले नेपाल र भारतमा उपचार गर्दा एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्ने छ । 

सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यानएथर्नेट होलसेल आइपि ट्रानि्जट,एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

सुबिसु केबलनेट प्रालिले नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । कि्लयर टिभी मार्फत नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा दिदै आएको छ । टिभीले एमपिइजि फोर स्तरमा एचडि च्यानलहरु केवल मार्फत प्रदान गर्दै आएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal