हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता


नेपालन्युज
बिहीबार , ३० बैशाख , २०७८

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका सम्झौतामा हस्ताक्षर भएको छ । इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका तुलसीप्रसाद गौतमबीच सम्झौतामा हस्ताक्षर भएको हो । 

दुई महिनामै कम्पनीको एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको छ । 

अहिलेका दुइटा बैंक एक भएपछिको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने भएको छ। 

मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुनेछन्। सिइओ अशोक राणा हुनेछन्। राणाको कार्यकाल सकिएपछि ज्योति पाण्डे सिइओ हुनेछन्। 

अब बैंकको कुल निक्षेप (बचत) करिब ३ खर्ब हुनेछ। चैत मसान्तसम्म हिमालयनको १ खर्ब २१ अर्ब र इन्भेष्टमेन्टको १ खर्ब ६५ अर्ब छ। त्यस्तै कुल कर्जा प्रवाह २ खर्ब ७८ अर्ब हुनेछ।

चुक्ता पुँजी २६ अर्ब ९३ करोड हुनेछ। जगेडा कोष १९ अर्ब १४ करोडको हुनेछ। चैतसम्मको वित्तीय विवरणलाई एकीकृत गर्ने हो भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा हुनेछ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal