'कोना'को मुल्य ५६ लाखमा झर्यो


नेपालन्युज
आईतवार , २७ भाद्र , २०७८

हुन्डाई कम्पनीले बजारमा विक्रीमा ल्याएको विद्युतीय कार कोनाको मुल्य घटेको छ । हुन्डाई कम्पनीले कोना कारमा २३ लाख रुपैयाँ मुल्य घटाएर हाल ५६ लाख ९६ हजारमा बिक्री शुुरु गरेको छ । यस अघि ७६ लाख ९६ हजार रहेको थियो । 

सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाईको नेपालस्थित इलेक्ट्रिक गाडीको मूल्य समेत घटाएको कम्पनीले जनाएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो वेबसाइटमार्फत नयाँ मूल्य सार्वजनिक गरेको छ ।

नेपाली बजारमा उपलब्ध हुन्डाईको अर्को इलेक्ट्रिक गाडी आयोनिक ईभी हो । १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा १९ लाख रुपैयाँ मूल्य घटेको छ ।


गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार कर निकै बढाइएकाले अटोमोबाइल कम्पनीहरुले बाध्य भएर नयाँ मूल्य सूची सार्वजनिक गरेका थिए । हालै प्रस्तुत गरिएको बजेटमार्फत अन्तःशुल्क पुरै खारेज गरिएको छ भने भन्सार दर पनि उल्लेख्य रुपमा घटाइएको छ ।


यस अनुसार आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५ प्रतिशत मात्र भन्सार दर तोकेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal