स्पोर्ट्स अवार्डको तयारी पूरा, भोलि हुँदैछ १० विधामा अवार्ड वितरण


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड मंगलबार आयोजना हुँदैछ। 

विभिन्न खेलकुद विधामा आफ्नो कौसलता प्रदर्शन गर्दै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गर्दै आएको अवार्ड विभिन्न १० विधामा प्रदान गरिँदैछ। मनोनयमा परेका खेलाडीले यो अवार्डलाई देशको प्रतिष्ठित अवार्डको रुपमा लिँदै आएका छन्।

कोरोना महामारी पूर्व नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सफल भयो। घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले अहिलेसम्म सबैभन्दा धेरै स्वर्ण पदक जित्दै नयाँ इतिहास पनि रच्न सफल भयो। 

तेस्रो पटक आयोजना गर्दा नेपालले विगतका तुलनामा राम्रो नतिजा निकाल्दा नेपाली खेलकुद निकै प्रशंसित हुन पुग्यो। ती नै प्रतियोगिता सँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मूल्यांकन गरेर अवार्ड गरेको हो।

मंगलबार तय भएको अवार्ड कार्यक्रमको तयारी पूरा भएको मञ्चले जनाएको छ। विगतमा जस्तै यस वर्ष पनि मञ्चले विभिन्न १० विधाका खेलाडी तथा प्रशिक्षकलाई समावेश गरेरर अवार्ड कार्यक्रम गर्दै छ। 

जसमा राष्ट्रका लागि पदक दिलाउने खेलाडी समवेश भएका छन् भने पद दिलाउन प्रशिक्षकको भूमिका खेलेका प्रशिक्षक समावेश भएको मञ्चले जनाएको छ। मनोनयनमा परेको खेलाडीले एनएसजेएफले प्रदान गर्ने अवार्डले खेलाडीलाई खेलमा लगनशील भए खेलकुदमा लाग्न प्रेरणा मिल्ने गरेको प्रतिक्रिया दिए।

यता राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाहीले पनि अवार्डले खेलाडीको मनोबल उच्च पार्ने बताइरहँदा भोटिङ प्रणालीमा सुधार गर्नु पर्ने सुझाव दिए।

अवार्डलाई सरकारले पनि महत्वपूर्ण अवार्डको रुपमा ब्याख्या गर्दै आएको छ र आयोजना हुँदा सहयोग पनि गर्दै आएको छ। देशका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गरिने यस्ता अवार्डले खेलाडीको मनोबल अवश्य बढाउने गरेको छ। 

खेलाडीको मनोबल उच्च बनाउनका लागि सरकारले पनि यस्ता किसिमका कार्यक्रम गरे हौसला बढ्ने थियो। साथै प्रदान गर्दै आएका सेवा सुविधालाई सहज तरिकाले उपलब्ध गराएमा खेलाडी पलायन हुने समस्या पनि हट्ने थियो कि? ता कि खेलकुद जिवन विताउने खेलाडीलाई पश्चाताप हुने थिएन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes