साउथह्याम्पटनविरुद्ध लेस्टर सिटीको जित


नेपालन्युज
आईतवार , ०४ माघ , २०७७

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको छ । यससँगै सिटीले महत्वपूर्ण जित दर्ता गरेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले गोल गरेका हुन् ।

३७ औँ मिनेटमा म्याडिसनले गोल गरि लेस्टर सिटीलाई सुरुवाति अग्रता दिलाए । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा बार्नेसले गोल गरेपछि लेस्टर सिटी २–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ । लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा ब्राइटनले लीड्स, चेल्सीले फुलह्याम तथा वेष्ट ह्यामले बर्नलीलाई समान १–० ले पराजित गरेका छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal