कोरोना पछि खेलकुद

एक वर्षपछि दशरथ रंगशालामा खेल शुरु


नेपालकै सबैभन्दा भब्य खेल संरचना मानिएको दशरथ रंगशालामा गत २०७६ साल मसिंर २४ गते भब्य आताशबाजीका बीच १३ ‌औं दक्षिण एशियाली खेलकुद ( साग) समापन गरिएको थियो। त्यस पछि रंगशालामा कुनै पनि प्रतियोगिता हुन सकेको थिएन । रंगशालामा बुधबार देखि एक महिना (फागुन ७ गते) सम्म राष्टि्रय महिला लिग फुटवल आयोजना हुदैछ । 

नेपालले पहिलो पटक दक्षिण एशियाली खेलकुदमा सर्वाधिक ५१ स्वर्ण पदक जितेर साग प्रतियोगिता सम्पन्न भएको थियो । दर्जनौ स्वर्ण हात पार्न सफल भए पछि नेपाली खेलाडीहरुले अन्य प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्नका लागि उर्जा बटुलेका थिए। साग समाप्त भए लगत्तै सन २०२० को आगमन भई नेपाल भ्रमण वर्षको भब्य उदघाटन पनि रंगशालामानै भएको थियो। रंगिचङ्गी कार्यक्रमकाबीच आयोजित नेपाल भ्रमण वर्षको उदघाटन समारोहमा भएको ब्यापक सहभागिता तथा समारोहको भब्यताले नेपालमा भ्रमण वर्ष सफल हुने आंकलन गरिएको थियो। तर कोरोना भाईरसको महामारीले गर्दा भ्रमण बर्ष मात्र नभएर नेपालको खेलकुद क्षेत्र समेत ठप्प भयो। 

११ ‌औं दक्षिण एशियाली खेलकुददेखि मात्र खेलाईएको महिला फुटबलका पछिल्ला ३ वटै संस्करणमा नेपाल भारतसंग पराजित हुदैं आएको छ।

गत दक्षिण एशियाली खेलकुद पछि पनि दशरथ रंगशालामा निर्माण कार्य भने जारी राखिएको थियो।

कयौं निर्धारित प्रतियोगिताहरु अबरुध्द भए। दैनिक अभ्यास समेत हुन सकेनन। रंगशालामा बिहान बेलुका दौडन आउनेहरुलाई रोकियो। राष्ट्रिय खेलकुद परिषदको सचिवालय समेत बन्द गर्नु पर्ने अवस्था आयो। यसअबधिमा कयौं खेलाडीहरु समेत कोरोनाको संक्रमणबाट पिडित हुन पुगे। यस बेला नेपाली क्रिकेट सन्दिप लामिछानेको बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता बाहेक अन्य खेलाडीहरु घरमै बस्न बाध्य भए। यसअबधिमा सिमित प्रतियोगिता भर्चुयल माध्यमबाट पनि भएको थियो भने नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशमा मैत्रीपुर्ण खेल खेल्न गएको थियो। कोरोनाको प्रकोप कम हुदैं गएपछि विस्तारै खेल क्षेत्रमा समेत उत्साह आएको छ। अहिले प्रधानमन्त्री कप क्रिकेट सुरु भएको छ भने केही सिमित खेलका प्रतियोगितापनि भैरहेका छन। 

यसैक्रममा साग खेलकुदपछि दशरथ रंगशालामा पहिलो पटक खेलकुद प्रतियोगिता हुदैंछ। भोलिदेखि राष्ट्रिय महिला लिगका खेलहरु रंगशालामा संचालन गरिदैंछ। निर्धारित कार्यक्रम अनुसार लिगको उदघाटन र समापन खेल रंगशालामा गरिनेछ भने अन्य खेल ललितपुरको सातदोबाटो स्थित एन्फा कम्लेक्समा संचालन गरिनेछ। आगामी फागुन ७ गतेसम्म जारी रहने लिगका खेल आयोजना गरिंदा स्वास्थ्य सम्बन्धि सतर्कतालाई ध्यान दिईएको आयोजकको भनाई छ। खेल सुरु हुनु अघि सबै खेलाडीहरुको पिसिआर परीक्षण हुने छ। यस प्रतियोगिताका सहभागि ७ वटै टिमलाई तयारी स्वरुप १ लाख तथा कोबिड राहतका रुपमा थप ५० हजार रुपैंया प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ। 

खेलका सिलसिलामा कुनै खेलाडी वा अफिसियलहरुलाई कोरोना देखिएमा आईसोलेसनमा बस्ने ब्यबस्था मिलाईएको जनाईएको छ। प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरि बल जस्ता बिभागिय टिमका साथै ३ वटा नगरपालिकाका टिमको सहभागिता हुदैंछ। यी टिमले आफ्नो तर्फबाट ४ जना विदेशी खेलाडी समेत खेलाउन पाउनेछन्। महिला फुटबलमा राम्रो प्रदर्शन गरेका खेलाडीहरुले बिभागिय टिममा रोजगार पाई खेल्न पाउनु शन्तोषजनक मानिएको छ। यसैक्रममा सशस्त्र प्रहरी क्लबमा आबध्द शाबित्रा भण्डारीले त भारतीय र माल्दिभ्सका क्लबसंग आबध्द भई ब्यबसायिक खेल खेलिसकेकी छिन। सांम्भा नामले परिचित उनले भारतीय लिगमा उत्कृष्ठ खेलाडी पुरस्कार समेत पाईसकेकी छिन। यस्तै अर्की नेपाली खेलाडी अनिता बस्नेतपनि भारतको सेधु क्लबसंग आबध्द भएकी थिईन। 

नेपालमा २०३९ सालदेखि महिला फुटबलको सुरुआत भएको हो। नेपाली राष्ट्रिय महिला टिमकी पहिलो कप्तान रमा सिंह थिईन। उनको नेतृत्वमा नेपाली टिमले हंङकङ्ग लगायतका स्थानमा अन्तराष्ट्रिय प्रतियोगिता खेलेको थियो। नेपालमा राष्ट्रिय खेलकुदमा महिला फुटबललाई पनि प्रतियोगिताका रुपमा समावेस गरिएको छ। तर दक्षिण एशियाली खेलकुदमा महिला फुटबललाई समावेस गरिएको धेरै भएको छैन। ११ ‌औं दक्षिण एशियाली खेलकुददेखि मात्र खेलाईएको महिला फुटबलका पछिल्ला ३ वटै संस्करणमा नेपाल भारतसंग पराजित हुदैं आएको छ।

गत दक्षिण एशियाली खेलकुद पछि पनि दशरथ रंगशालामा निर्माण कार्य भने जारी राखिएको थियो। नेपालमा सन २०२२ मा कतारमा हुने विश्वकप तथा सन २०२३ मा चीनमा हुने एशिया कप फुटबलको छनौट हुने भएपछि बिगतमा रंगशालामा भएको विशिष्ट व्यकि्त तथा पत्रकारहरुको लागि ब्यबस्था रहेको भर्याङ पनि परिवर्तन गरिएको छ। अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमानुसार प्रतियोगिता संचालन हुने स्थलमा विशिष्ट व्यकि्त तथा पत्रकारहरु एउटै स्थानबाट प्रवेश गर्न पाउँदैनन।

पत्रकारले रंगशालामा बनाईएको प्रेस रुपमा खेलअघि र पछि हुने पत्रकार सम्मेलनका अवसरमा मात्र खेल प्रशिक्षक र टिम क्याप्टेनलाई भेटन पाउने ब्यबस्था मिलाइने गरिन्छ। दशरथ रंगशालामा विश्वकप फुटबलको छनौट अन्तर्गतका ३ वटा खेल हुदैंछ। निर्धारित तालिका अनुसार आगामी चैत्र १२ गते नेपालले चाईनिज ताईपेईसंग पहिलो खेल खेल्दैछ। यसैगरी नेपालले चैत्र १७ गते अष्ट्रेलियासंग तथा जेठमा जोर्डनसंग खेल्ने कार्यक्रम छ। कोरोनाको प्रकोपले गर्दा एशियाली फुटबल महासंघले गत वर्ष मार्च र अप्रिलमा एशियाली मुलुकहरुको दोश्रो चरणका खेलहरु स्थगित गरी सन २०२१ मा गर्ने निर्णय गरेको थियो।


राजु सिलवाल


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes