नेपाली खेलाडी 'स्की'को विश्व च्याम्पियनसिपमा पहिलोपटक छनौट [भिडियोसहित]


नेपाली खेलाडी सफल राम श्रेष्ठ पहिलोपटक स्की खेलको विश्व च्याम्पियनसिपको छनौट चरण पार गर्न सफल भएका छन्। इटालीको क्रोटिनमा आज भएको अल्पाइन इभेण्टको सलालम एसएलतर्फ उनी विश्व च्याम्पिनसिपकालागि छनौट भएका हुन्।

विभिन्न मुलुकका १०७ जनाले भाग लिएको सो इभेण्टमा सफल राम ४४औं भएका थिए। सहभागी खेलाडीहरुमध्ये ४५ जनाले मात्र दूरी पूरा गर्न सफल भएका थिए। सहभागीहरुमध्ये ६२ जनाले दौड पूरा गर्न नसकेको अवस्थामा नेपाली खेलाडी विश्व च्याम्पियनसिपमा छानिनु नेपाली हिउँदे खेलकुदको इतिहासमा महत्वपूर्ण मानिएको छ।

नेपाली स्की खेलाडी सफल रामले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिकको तयारी पनि गरिरहेका छन्। ओलम्पिकका लागि आगामी जुनदेखि छनौट चरण सुरु हुँदैछ। विभिन्न ५ वटा इभेण्टबाट १ सय ६५ अंक प्राप्त गर्ने खेलाडी ओलम्पिकका लागि छनौट हुनेछन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes