काठमाडौंमा सम्पन्न राष्ट्रिय महिला लिग फुटबलमा शसस्त्र प्रहरी बल एपिएफ क्लबले सर्वाधिक अंक हासिल गरेर उपाधि जित्यो। पहिलो भएको एपिएफ क्लबका साथै विभिन्न टिमका खेलाडीहरुले विभिन्न विधामा पुरस्कार पाए। तर सम्पूर्ण लिग अवधि भर सबैभन्दा कम गोल खाएर पनि चर्चामा नआएकी खेलाडी बन्न पुगिन एपिएफ क्लबकी गोलकिपर अन्जिला तुम्बापो सुब्बा।
प्रतियोगिता अवधिभर एपिएफ क्लबले कूल १२ वटा खेल खेलेको थियो जसमा अन्जिला १० वटा खेलमा मैदानमा उत्रेकी थिईन। यी खेलमा गोल बचाएर आफ्नो टिमलाई विजयी बनाउन उनले गरेको प्रयासलाई कम आंक्न मिल्दैन यदृपि एपिएफ क्लबको अग्रदेखि रक्षा पङ्तिपनि सुदृढ थियो।
अन्जिलाले नबिर्सने त्यो १ गोल नेपाल पुलिस क्लबका तर्फबाट खाएकी थिईन तर उनले त्यो बल बचाउने प्रयास नगरेकी भने होईन। वास्तवमा त्यो गोल सुसाईड जस्तै थियो। रक्षापङ्कतिको कमजोरी त्यतिखेर पक्कै थियो।
एपिएफ क्लबले खेलेका २ खेलमा उनि मैदानमा उत्रिनन। उदयपुरको टिम ज्यादै कमजोर भएको हुनाले उनलाई प्रशिक्षकले मैदानमा उतारेनन। एउटै खेलमा एपिएफले शुन्यका बिरुध्द २२ गोलले पराजित गरेको खेलमा अन्जिलालाई गोल पोष्टमा उभ्याउनु आवश्यक थिएन। यसैले दोश्रो नम्बरकि गोलकिपर रुपा रानामगरलाई मैदानमा पठाईएको थियो।
प्रतियोगिताको अन्तिम दिन ३ वटा खेलमा मात्र गोलकिपर बनेकी पुलिस क्लबकी उषा नाथलाई सर्वोत्कृष्ठ गोलकिपर घोषणा गरियो। एपिएफ क्लबलाई प्रथम बनाउन खम्बा बनेर उभिएकी अन्जिलाको कतै चर्चा भएन। यसपाली विराटनगर, वालिङका महिला गोलकिपरहरुले गोल खाएपनि खेल प्रदर्शन भने उत्कृष्ट देखाएका थिए।
अन्जिला १३ वर्षदेखि महिला फुटबलमा प्रवेश गरेकि हुन। ईलामकी बासिन्दा पहिले गाँउमा मिडफिल्डमा खेल्ने गर्दथिन। एकपटक उनकि दिदी र उनि स्थानीय पाण्डम गाँउमा खेल्न गएका थिए। त्यतिखेर त्यो टिमको गोलकिपर नआएकीले अन्जिलालाई किपरका रुपमा मैदानमा उत्रनु पर्यो। तर पछि उनले धेरै आक्रमण बचाएको कारण उनलाई गोलकिपरकै रुपमा निरन्तरता दिईएको थियो।
२०६८ सालदेखि महिला फुटबलमा प्रवेश गरेकी अन्जिला एपिएफ क्लबमा प्रवेश गरेको पनि ९ वर्ष भैसकेको छ। पहिले जिल्लामा खेलेपछि उनलाई धनगढीमा आयोजित छैठौं राष्ट्रिय खेलकुदमा पुर्वान्चलकातर्फबाट खेल्ने अवसर मिल्यो। धनगढीमा उनको खेल देखेर एपिएफ क्लबले उनलाई आफ्नो टिममा भित्र्यायो। उनले त्यसपछि राष्ट्रिय टिमको गोलकिपर बन्ने अवसर पाएकी थिईन।
श्रीलंकामा १४ वर्षमुनिका खेलाडीहरुको प्रतियोगितामा खेल्न पुगेकी अन्जिला भारतमा आयोजित साग खेलकुददेखि अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिईन। सन २०१७ देखि उनले नियमित रुपमा नेपाली राष्ट्रिय टिमको मुख्य गोलकिपरको भुमिका निभाउँदै आएकी छिन।
अन्जिला अहिले सशस्त्र प्रहरी बलको सिपाही पदमा कार्यरत छिन। उनि हाल बिबिएस तेश्रो वर्षमा अध्ययन गरिरहेकी छिन।