‘बी’ डिभिजन लिग फुटबल आजदेखि सुरू


शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरू हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का प्रवक्ता किरण राईले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।  

चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुँदै

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । मेयर कप क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ । प्रतियोगिताका सम्पूर्ण खेल सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । 

मेयर कप क्रिकेटको प्रथम पुरस्कार ७५ हजार र द्वितीय ५० हजार रहेको छ । उपमेयर क्रिकेटको विजेता टोलीले ४५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ । क्रिकेट विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए ।

यो पनि पढ्नुहोस्

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

यो पनि पढ्नुहोस्

होण्डा सिवी३५० मोटरसाइकल नेपाल भित्रिदै


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes