सेनाले ट्रेल रेसको आयोजना गर्दै, विजेताले १ लाख पाउने


नेपाली सेनाले  ट्रेल रेसको आयोजना गर्ने भएको छ । सेनाले लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ आगामी २४ गते आयोजना गर्न लागिएको छ । सेना दिवसको अवसरमा ट्रेल रेस गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ । उक्त रेस सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित बसेरीबाट सुरु हुनेछ।

२१ दशमलव २५० मिटर दौड बसेरी, नयाँपुल, वाङ्गलाङ्ग, भालढुङ्ग, लिस्तीकोट, गुम्बा, सिल्दुम धारापानी, गोदाम हुँदै भोटेकोशी नगरपालिका वडा नम्बर ३ को दुगुनागढीमा आएर समापन हुनेछ।

ट्रेल रेसमा सहभागी हुनेलाई ४ विधामा पुरस्कार वितरण गरिनेछ। ट्रेल रेसमा खुल्लातर्फ पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रोले ६०, तेस्रोले ४० चौथोले २०, पाँचौ हुनेले १५ तथा चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

महिलातर्फ पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा जिल्लाबासीतर्फपनि पुरस्कारको व्यवस्था गरिएको छ। जिल्लाबासीतर्फ पहिलो हुनेले २० दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा सहभागी विदेशी खेलाडी विजेता भएमा खुलातर्फकै पुरस्कार पाउनेछ भने सहभागी भएमा मायाको चिनो प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको सोही दिनको मात्र १० लाख बराबरको दुर्घटना बिमा गरिने आर्मीले जनाएको छ।

प्रतियोगिता खुला रुपमा आयोजना हुने नेपाल आर्मीले जनाएको छ। निःशुल्क दर्ता गर्न पाइने प्रतियोगितामा सहभागी हुन आगामी २० गतेसम्म नाम दर्ता गर्नुपर्नेछ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes