विदेशमा पलायन हुनु नेपाली खेलाडीको बाध्यता [भिडियाेवार्ता]


अक्कलबहादुर बोहरा कुनै दिन नेपालमा नाम चलेका लामो दुरीका धाबक हुन। उनले काठमाडौं म्याराथुन, पोखरा म्याराथुन, मनाङ म्याराथुन दौडमा प्रथम स्थान हासिल गरेका थिए ।

दक्षिण एशियाली खेलकुद तथा विश्व च्याम्पियनशीपमा समेत दौडिसकेका उनी विश्च च्याम्पियनमा भाग लिन फ्रान्स जाँदा उतै पलायन भएका थिए। हाल उनि स्पेनमा बसोबास गर्दछन।

लामो समय खेल जीवनमा विताए पनि नेपालमा खेलाडीका लागि जीवनयापन गर्नका लागि उचित व्यवस्था नभएकोले आफू जस्तै कयौं नेपाली खेलाडी विदेशमा पलायन हुनु परेको पुर्व धाबक बोहरा बताउँछन।

विदेशमा बसेपनि नेपाली खेलाडीहरु बिरामी पर्दा अथवा कुनै अवस्थामा आफूले सहयोग गर्दै आएको उनले जानकारी दिएका छन। उनले आफू जन्मेको मुगुका विभिन्न गाँउमा यथोचित सहयोऊ गरेको बताएका छन। गाँउका स्कूलमा कम्युटर वितरण, खानेपानीको ब्यबस्था, २ किलोमिटर बाटो निर्माणका साथै दिवंगत आमाको सम्झनामा मसान घाट समेत बनाएको उनले जानकारी दिएका छन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes