नेपालमा महिला फुटबल सुरु भएको २०३९ सालदेखि भएपनि हालपनि महिला टिममा पुरुषनै प्रशिक्षक संलग्न हुने गरेका छन। हालसम्म निक्कै थोरै संख्यामा मात्र नेपाली महिला प्रशिक्षक छन। यसैगरी महिला रेफ्रीतथा लायन्स उमनको संख्या पनि न्युन रहेको छ।
यसै सिलसिलामा नेपालमा फुटबलको माध्यमबाट युवतीहरुलाई आफ्नो समुदायमा कसरि नेतृत्व लिने भन्ने सम्बन्धि प्रशिक्षण सुरु गरिएको छ।
महिलाहरुलाई फुटबलमा सकृय सहभागी गराउनका लागि यस प्रकारको सशक्तिकरणको कार्य थालनी गरिएको छ। यो परियोजना अन्तर्गत धनगढी, सुर्खेत र काठमाडौंका १२ जना युवतीहरुलाई फुटबल प्रशिक्षक सम्बन्धि तालिम प्रदान गरिदैं छ।
प्रशिक्षण हासिल गरिसकेपछि ति महिला प्रशिक्षकहरुले करिब १ सय २० जना युवतीहरुलाई सिकाउनुका साथै फुटबल टिम बनाउने कार्यमा सहभागी हुनेछन। द वि युनाईटेड प्रोजेक्टसंगको साझेदारीमा वि कोच नेपाल परियोजनाको सुरुवात गरिएको जनाईएको छ।